arrow

केही दिन साउने झरी पर्ने, यी प्रदेशमा ठूलो बर्षाको संभावना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
raining.jpeg

काठमाडौं । विहीबार आज देशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेकाले बर्षाको संभावना बढेको हो ।

आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, २, बागमती, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेतापनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविदहरुका अनुसार नेपालका पूर्व र पश्चिम भेगमा औसत झरीको अवस्था रहनेछ । कर्णाली र सुदूरपश्चिम भेगका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । त्यसपछि अर्को तीन–चार दिन घाम पानीसँगै साउने झरीको अवस्था रहनेछ ।

काठमाडौंको आज विहीबार बिहानको न्यूनतम् तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ