arrow

योजना आयोगका उपाध्यक्ष र सदस्यहरुलाई प्रधानमन्त्री देउवाले गराए सपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
Yojana-aayog-sapath.jpg

काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज विहीबार सपथ ग्रहण गरेका छन् ।

विहीबार विहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगको उपाध्यक्ष डा.विश्वनाथ पौडेल साथै सदस्यहरु रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्ती गरेको थियो । आयोगमा एक उपाध्यक्ष, आठ जना सदस्यह र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।

बजेट निर्माण र बजेट कार्यान्वयनको अनुगमन, योजना निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदहरुलाई शक्तिशाली मानिन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ