arrow

नेपाल टेलिकमका प्रबन्ध निर्देशक राति-राति कार्यालय जाँदै, नाैं दिनदेखि धर्नामा कर्मचारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
telecome-dharna.jpg

काठमडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा कर्मचारीहरूले निरन्तर नवौं दिन धर्ना कार्यक्रम जारी राखेका छन् । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई  घेराउन गर्ने विराधसहितको धर्नामा कर्मचारीहरू बसेका हुन् ।

प्रबन्ध निर्देशक अधिकारीको नेतृत्वमा कर्मचारी विनियमावली संशोधन गरी तल्लो तहका कर्मचारीको अधिकार कटौती भएपछि गत हप्तादेखि नै कर्मचारी आन्दोलित छन्।

टेलिकमको सर्वसम्मत कर्मचारीहरूबाट सम्झौतासहितका आफ्ना मागहरू सम्बोधन गर्न कर्मचारीहरू धर्नामा बसिरहेका हुन् ।

गत हप्तादेखि नै जारी धर्ना कार्यक्रमका बेला प्रबन्ध निर्देशक अधिकारी कार्यालय नै प्रवेश गरेका छैनन् । तर, यसबीच प्रबन्ध निर्देशक अधिकारी रातिको बेला कार्यालय आउन थालेको सुनिएको टेलिकमका एक कर्मचारीले बताएका छन् ।

'ठ्याक्कै जानकारी मिलेको छैन, दुई तीन दिन भयो राति कार्यालयको आएको कुरा सुनिएको छ', ती कर्मचारीले भने । टेलिकमका कर्मचारीहरूले आफूहरूले भने कार्यालय समयमा मात्रै धर्ना गरिरहेको बताएका छन् ।

प्रबन्ध निर्देशकले सरकारले तोकेको समयबाहिर कार्यालयमा उपस्थित हुनु एक किसिमले अधिकारको दुरुपयोग समेत भएको टेलिकमका अर्का कर्मचारीले बताएका छन् ।

'सरकारले तोकेको समयबाहेकमा कार्यालयमा उपस्थित हुनु नैतिकताले नै दिँदैन र अधिकारको दुरुपयोग भएको कुरा पनि यसअन्तर्गत पर्न जान्छ, त्यो कुरा पनि रहनेछ', ती कर्मचारीले भने ।

आफूहरूले अहिले केन्द्रीय कार्यालयमा मात्रै माग सम्बोधनका लागि विरोध एवं धर्ना कार्यक्रम गरिरहेको नेपाल टेलिकमको कर्मचारी युनियनका अध्यक्ष राजेन्द्र जोशीले बताएका छन् ।

यो विषयमा ध्यान अझै दिइएन भने देशभरि नै कर्मचारीहरू विरोधमा उत्रिने तयारीमा लागेको अध्यक्ष जोशीको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ