कोरोना अपडेट : ३ हजार ३ सय ६५ संक्रमित थपिए, १ हजार ३ सय ७३ निको भए
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
720
Shares
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ६५ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ५० हजार २२ पुगेको छ ।
हाल नेपालमा ३ हजार ३ सय ९० सक्रिय सङ्क्रमित रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ७३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ८०७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ हजार २४२ जनाको नमुना परीक्षण गरिएको छ ।