टोकियो ओलम्पिक: पदक तालिकामा चीनको अग्रता कायमै, अमेरिका तेस्रो
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
1k
Shares
काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १५ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनले ७ रजत र ९ कांस्यसहित कुल ३१ पदक हासिल गरेको छ।
त्यसैगरि दोस्रो स्थानमा जापान रहेको छ। जापानले १५ स्वर्ण ४ रजत र ६ कांस्य प्राप्त गरेको छ। अमेरिका १४ स्वर्णसहित तेस्रो स्थानमा रहेको छ। अमेरिकाले १४ रजत र १० कांस्यसहित कुल ३८ पदक प्राप्त गरेको छ ।
यस्तै ८ स्वर्ण, १२ रजत र ९ कांस्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।
यसैगरी अस्ट्रेलिया ८ स्वर्ण, दुई रजत र दश कांस्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत ५ स्वर्ण, ७ रजत र ६ कांस्यसहित छैटौँ, दक्षिण कोरिया ४ स्वर्ण, ३ रजत र पाँच कांस्यका साथ सातौँ, फ्रान्स ३ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै आठौँ, जर्मनी ३ स्वर्ण, ३ रजत र ७ कांस्यका साथ नवौँ तथा इटाली २ स्वर्ण, ७ रजत र १० कांस्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।