arrow

टोकियो ओलम्पिक: पदक तालिकामा चीनको अग्रता कायमै, अमेरिका तेस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
Tokyo-olympic-2020.jpg

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १५ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनले ७ रजत र ९ कांस्यसहित कुल ३१ पदक हासिल गरेको छ।

त्यसैगरि दोस्रो स्थानमा जापान रहेको छ। जापानले १५ स्वर्ण ४ रजत र ६ कांस्य प्राप्त गरेको छ। अमेरिका १४ स्वर्णसहित तेस्रो स्थानमा रहेको छ। अमेरिकाले १४ रजत र १० कांस्यसहित कुल ३८ पदक प्राप्त गरेको छ  । 

यस्तै ८ स्वर्ण, १२ रजत र ९ कांस्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । 

यसैगरी अस्ट्रेलिया ८ स्वर्ण, दुई रजत र दश कांस्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत ५ स्वर्ण, ७ रजत र ६ कांस्यसहित छैटौँ, दक्षिण कोरिया ४ स्वर्ण, ३ रजत र पाँच कांस्यका साथ सातौँ, फ्रान्स ३ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै आठौँ, जर्मनी ३ स्वर्ण, ३ रजत र ७ कांस्यका साथ नवौँ तथा इटाली २ स्वर्ण, ७ रजत र १० कांस्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ