arrow

जिल्लामा बढ्न थाल्यो कोरोना संक्रमण, चितवनमा सक्रिय संक्रमित दुई हजार नाघे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
corona-variant.jpg

चितवन। चितवनमा कोभिड– १९का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवनमा हाल दुई हजार ३०  सक्रिय सङ्क्रमित रहेका छन् ।

करिब एक  महिना अघि असार १३ मा १ हजार १४ रहेको सक्रिय संक्रमित संख्या साउन १४ मा आइपुग्दा बढेर दुई हजार ३० पुगेको हो ।

पछिल्ला दिनमा संक्रमित हुनेको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत जेठ १० मा जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको सङ्क्रमितको संख्या पुनः बढ्न थालेको छ  । असार १ गते १ हजार ५४८ रहेको संक्रिय सङ्क्रमितको संख्या घट्दै गएर असार १३ गते १ हजार १४ मा झरेको थियो । 

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७, १६ गते १ हजार १९८, १८ गते १ हजार २२० हुँदै असार २३ गते १ हजार २७१ पुगेको थियो । उनका अनुसार असार १२ गतेदेखि साउन १३ गतेसम्म आइपुग्दा नयाँ सङ्क्रमित मात्र १ हजार ३४ थपिएका छन् ।
 
सक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । कार्यालयका निमित्त प्रमुख अमृत महर्जन निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको जानकारी दिए । 

उनले भने “राम्रोसँग सङ्क्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि कोरोनाको जोखिम बढेको छ ।” कोरोना नियन्त्रणका लागि अहिले खोपको अभियान जारी रहेको जनाउँदै उनले कारोना सङक्रमण बढ्दै गएकाले सबै सजग रहन आग्रह गरे ।
 
जिल्लामा रहेका सङक्रमित मध्ये ११६ का अस्पतालमा उपचार भइरहेको छ । नौ सार्वजनिक आइसोलेसनमा र १ हजार ९ सय ५  होम आइसोलेसनमा  छन् ।  जिल्लामा हालसम्म ३ सय २७ को मृत्यु भएको छ ।  कूल सङ्क्रमित संख्या २० हजार ९० पुगेको छ ।
 
जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका समेत गरी २१३ को उपचार भइरहेको छ । ती मध्ये ७५ सघन उपचार कक्षमा, १२  भेन्टिलेटरमा, ५० एचडियूमा र ८८ सामान्य श्ययामा उपचाररत छन् ।



नयाँ