arrow

कोरोना अपडेट : निको हुनेभन्दा झण्डै दोब्बर संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार  ६ सय ११ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५२  हजार २ सय ६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  ९ हजार ८ सय ३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ६१ जनाको नमुना परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ ।

हाल ६ सय ८६ जनाको आईसीयु र १ सय ६१ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ