arrow

गण्डकीमा पाँच जनाको मृत्यु, ४ सय ६७ जना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २७ का ६६ वर्षीय पुरुष, कास्कीको अन्नपूर्ण ४ की ८० वर्षीय महिला, मादी ५ की ४२ वर्षीय महिला, स्याङ्जा पुतली बजार १३ की ४३ वर्षीय महिला र पुतली बजारका अर्का ४३ वर्षीय पुरुष रहेका छन् । 

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८८ जना पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६१ हजार ४२६ पुगेको छ । यसै गरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६६९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

यसैबिच गण्डकी प्रदेशमा थप ४६७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा एक हजार २६३ जनाको नमुना परीक्षण गरिएकामा ४६७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये २१९ महिला र २४८ जना पुरुष रहेका छन् । 

प्रदेशका १० जिल्लामा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मनाङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

उनका अनुसार कास्की २०२, बागलुङ १९, स्याङ्जा २६ म्याग्दी तीन, पर्वत ६, गोरखा ६०, लमजुङ ४०, तनहुँमा पाँच, मनाङ दुई र नवलपुरमा १०४ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार १८३ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ