arrow

चीनबाट थप ६० लाख खरिद पक्रिया अघि बढ्यो

चैत मसान्तसम्म सम्पूर्ण नेपालीको पहुँचमा खोप : स्वास्थ्य मन्त्रालय

चीनबाट थप ६० लाख खरिद प्रक्रिया अघि बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत मसान्तसम्म सम्पूर्ण नेपालीको पहुँचमा खोप पुग्ने बताएको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

कोभिसिल्ड, भेरोसेल र जे एण्ड जे गरी हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप भित्रिइसकेको मन्त्रालयले जनाएको छ । यस्तै चीनबाट थप ६० लाख खोप खरिद प्रक्रिया समेत अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।

चीनले थप अनुदान दिने, जापान सरकारबाट पनि अनुदान आउने र भारतबाट पनि खोप आउँदा असोज मसान्तभित्रमा कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप हुने मन्त्रालयको विश्वास छ ।

यस्तै कोभ्याक्सबाट क्रमअनुसार १ करोड ५० लाख डोज, गाभी कोभ्याक्सबाट १ करोड १३ लाख र १२ वर्षमाथिका बालबालिकाका लागि फाइजरबाट ६० लाख डोज खरिदको पक्रिया समेत सकारात्मक रूपमा अघि बढेको मन्त्रालयले जनाएको छ । 

यो सबै प्रक्रिया सकारात्मक रूपमा अघि बढे चैत मसान्तसम्म सम्पूर्ण जनताको पहुँचमा खोप पुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यस्तो छ मन्त्रालयको विज्ञप्ति

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ