- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा कोभिड महामारी नियन्त्रणका लागि कसरी संयन्त्रलाई चुस्त र प्रभावकारी ढङ्गले परिचालन गर्ने भन्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रवार बसेको सीसीएमसीको बैठकमा महामारीको पछिल्लो अवस्था र आगामी रणनीतिबारे छफफल भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अस्पतालहरुमा अक्सिजनको प्रवन्ध गर्न, नाकाहरुमा कोरोनाको परिक्षण गर्न र वालवालिकाहरुका लागि विषेश सतर्कता अपनाउन पनि निर्देशन दिए ।
असोज दोस्रो सातादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने भनेको मन्त्रालयले देशभर हाइ डिपेन्डेन्सी युनिट (एचडीयु) बेडहरु पनि विस्तार गरिन लागिएको जनाएको छ।
प्रधानमन्त्री देउवाको उपस्थितिमा बसेको सो बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रधानसेनापति, सीसीएमसीका प्रमुख बालानन्द शर्मा र विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो ।
नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । बढ्दो महामारी नियन्त्रण गरी जनजीवनलाई सामान्य तुल्याउने सन्दर्भमा बैठकमा छलफल भएको सीसीएमसीका एक अधिकारीले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रवार एकै दिन तीन हजार ६११ जना सङ्क्रमित थपिएका छन् भने २७ जना सङ्क्रमितको मृत्यु भएको छ ।