arrow

३३ किलो सुनकाण्ड : गौशालाबाट 'भोजे मामा' समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
gold.jpeg

काठमाडौं ।  ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई शुक्रवार काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा 'भोजे मामा' भन्ने भोजराज भण्डारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ । 

मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ