- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन १५ गते कामपा(३ वडाको मूल सडक महाराजगन्ज सल्लाघारी देखि न्युरो अस्पताल बासवरी सम्म एक सय बिरुवा वृक्षारोपण गरेको छ। बैङ्कले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन काठमाडौँ महानगरपालिका वडा-३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कामपा(३ वडाका वडाध्यक्ष दीपक केसीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरे।
बैकले पूर्वमा झापा देखि पश्चिममा कन्चन पुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरू र १६७ शाखारहित बैङ्किङ सेवा समेत गरी जम्मा ३२८ स्थानवाट ग्राहकहरूमा सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ।
साथै, बैङ्कको देशभर २०० वटा भन्दा बढी एटिएमहरू तथा ५ वटा एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन्।