arrow

कुम्मायक गाउँपालिकामा कोरोना संक्रमित युवाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
corona-virus-awareness.jpg

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ । कुम्मायक-५ का कोरोना संक्रमित २० वर्षका युवाको मृत्यु भएको हो ।

केही दिन अघि कोरोना संक्रमित भई होम आइसुलेसनमा बस्दै आएका उनको शनिवार बिहान मृत्यु भएको हो

शुक्रबार बेलुकासम्म स्वास्थ्य कुनै समस्या थिएन् । परिवार स्रोतले भन्यो बिहान संक्रमणले च्यापेपछी थप उपचारको लागि जिल्ला अस्पताल लादा लादै बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताए । 

यस अघि पनि सोही वडामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको थियो । गाउँपालिकामा निषेधाज्ञाकै बीच संक्रमितको संख्या बढ्दै जान थालेपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ