arrow

अमेजनलाई ८८.६६ करोड डलर जरिबाना

logo
एएफपी
प्रकाशित २०७८ साउन १६ शनिबार
jeff-bezos-amazon.jpg
फाइल तस्बिर

ब्रसेल्स। अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ।  त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो। खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानुनसँग मेल नखाने गरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ।

अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने जनाएको छ। लक्जेम्बर्गको तथ्याङ्क सुरक्षा निकाय, सीएनपीडीले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको भए पनि यो अहिले चर्चामा आएको हो।

ठुला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला यस्तो निर्णय आएको हो।

अमेजनकी एक प्रवक्ताले ‘सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा’ सुनिश्चित गर्नु आफूहरूको ‘उच्च प्राथमिकता’ भएको बताउँदै हल्लाका पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।

“कुनै तथ्याङ्कको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रो पक्षलाई दिइएको छैन,” उनले भने। “यी कुनै विवाद गर्न नपर्ने तथ्य हुन्।” उनले आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वीकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने सोचेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ