arrow

टोकियो ओलम्पिक: चीन पहिलो स्थानमा रहँदा आयोजक जापान दोस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
tokyo-2020-olympic.jpg.jpeg

काठमाडौं।  जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ। त्यसैगरि आयोजक जापान दोस्रो र अमेरिका तेस्रो स्थानमा रहेका छन्।

विश्व खेलकुदमा वर्चश्व कायम गरेको अमेरिकाको पदक तालिकामा आयोजक जापान हावी भएको देख्न सकिन्छ । यसअघिका ओलम्पिकहरूमा चीन र अमेरिकाको प्रतिस्पर्धा रहेने गरेको थियो। यसपाली जापानले आफ्नो क्षमतामा अभिवृद्धि गरेको छ।

जारी ओलम्पिकमा चीन २१ स्वर्णसहित पहिलो स्थानमा रहेको छ। चीनले १३ रजत र १२ कांस्यसहित कुल ४६ पदक प्राप्त गरेको छ। त्यसैगरि दोस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित ५ रजत र ८ कास्य प्राप्त गरेको छ। जापानले कुल ३० पदक प्राप्त गरेको छ।

अमेरिका शनिवार आफ्नो पदक सङ्ख्यामा २ स्वर्ण पदक जोडन सफल भयो। अमेरिका १६ स्वर्ण, १७ रजत र १३ कांस्यसहित कुल ४६ पदक प्राप्त गरेको छ।

उता रुस जो रुस ओलम्पिक समितिको झण्डा लिएर मैदानमा ओर्लेको छ। उ ११ स्वर्ण, १५ रजत र ११ कांस्यसहित चौथो स्थानमा रहेको छ। अष्ट्रेलिया १० स्वर्ण , ३ रजत र १४ कांस्यसहित पाँचौ स्थानमा रहेको छ भने बेलायत ८ स्वर्ण, ९ रजत र ११ कांस्यसित छैठौं स्थानमा रहेको छ।

सातौं स्थानमा दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ७ कास्य सहित रहेको छ भने फ्रान्स ४ स्वर्ण ९ रजत र ६ कांस्य सहित आठौं स्थानमा रहेको छ। नेदरल्याण्ड्स र न्युजिल्याण्ड क्रमश ९औं र १०औं स्थानमा रहेका छन्। दुवै देशलेले चार-चार स्वर्ण हात पारेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ