टोकियो ओलम्पिक: चीन पहिलो स्थानमा रहँदा आयोजक जापान दोस्रो
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
839
Shares
काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ। त्यसैगरि आयोजक जापान दोस्रो र अमेरिका तेस्रो स्थानमा रहेका छन्।
विश्व खेलकुदमा वर्चश्व कायम गरेको अमेरिकाको पदक तालिकामा आयोजक जापान हावी भएको देख्न सकिन्छ । यसअघिका ओलम्पिकहरूमा चीन र अमेरिकाको प्रतिस्पर्धा रहेने गरेको थियो। यसपाली जापानले आफ्नो क्षमतामा अभिवृद्धि गरेको छ।
जारी ओलम्पिकमा चीन २१ स्वर्णसहित पहिलो स्थानमा रहेको छ। चीनले १३ रजत र १२ कांस्यसहित कुल ४६ पदक प्राप्त गरेको छ। त्यसैगरि दोस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित ५ रजत र ८ कास्य प्राप्त गरेको छ। जापानले कुल ३० पदक प्राप्त गरेको छ।
अमेरिका शनिवार आफ्नो पदक सङ्ख्यामा २ स्वर्ण पदक जोडन सफल भयो। अमेरिका १६ स्वर्ण, १७ रजत र १३ कांस्यसहित कुल ४६ पदक प्राप्त गरेको छ।
उता रुस जो रुस ओलम्पिक समितिको झण्डा लिएर मैदानमा ओर्लेको छ। उ ११ स्वर्ण, १५ रजत र ११ कांस्यसहित चौथो स्थानमा रहेको छ। अष्ट्रेलिया १० स्वर्ण , ३ रजत र १४ कांस्यसहित पाँचौ स्थानमा रहेको छ भने बेलायत ८ स्वर्ण, ९ रजत र ११ कांस्यसित छैठौं स्थानमा रहेको छ।
सातौं स्थानमा दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ७ कास्य सहित रहेको छ भने फ्रान्स ४ स्वर्ण ९ रजत र ६ कांस्य सहित आठौं स्थानमा रहेको छ। नेदरल्याण्ड्स र न्युजिल्याण्ड क्रमश ९औं र १०औं स्थानमा रहेका छन्। दुवै देशलेले चार-चार स्वर्ण हात पारेका छन्।