arrow

जैविक मल उद्योगको मन्त्री साहले गरे शिलान्यास

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ साउन १७ आइतबार
silendra.JPG

जनकपुरधाम । प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जैविक मलबाट माटो, जल र वायुलाई फाइदा गर्ने बताएका छन् ।  धनुषाधाम नगरपालिका वडा नम्बर ३ को तेजनगर जानकी निवासमा आरोह फर्टिलाइजर प्रालि उद्योगको शिलान्यास गर्दै मन्त्री साहले यस्तो बताएका हुन् । 

 नेपालकै सबैभन्दा ठुलो जैविक मल उद्योग भएको बताउँदै मन्त्री साहले उक्त उद्योग सञ्चालन गराउनमा सबैभन्दा बढी सहयोग गर्नुपर्ने बताए । उनले नेपाल सरकारले अहिलेसम्म ३ प्रतिशत भन्दा बढी कृषि प्रधान देशमा लगानी नगरेको बताए ।

कार्यक्रममा आरोह फर्टिलाइजर प्रालिका अध्यक्ष शैलेन्द्र शमशेर राणा तथा आङ्कामी लामा उद्योग बारे जानकारी दिएका थिए  । उद्योग मनोज प्रताप मल्लको जमिन ३ विघाहा १२ कट्ठा १० धुर रहेको छ ।  उद्योग सञ्चालन गर्नमा २८ करोड स्टमेट गरेको र ९ महिना भित्र उद्योग सञ्चालन गरिने जानकारी दिइयो । उद्योगबाट वार्षिक ७ हजार ५ सय मेट्रिक  टन मल उत्पादन हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ