- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ओखलढुङ्गा । कोरोना संक्रमणबाट यहाँ थप दुई पुरुषको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए । कोरोना संक्रमण देखिएपछि यही साउन ९ गते उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।
यस्तै वडा नं १२ का एक पुरुषको आइतवार बिहान मृत्यु भएको छ । उनी यही साउन १४ गते कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए । उनको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँ कोरोना संक्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।