- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । केपी ओली नेतृत्व सरकारमा महालेखा कार्यालयमा पठाइएका मधु मरासिनीलाई शेरबहादुर देउवा नेतृत्व सरकारले अर्थमा ल्याएको छ ।
लामो समयदेखि अर्थमा बसेका शिशिर ढुङ्गानालाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ । सचिवहरूले प्रधानमन्त्री कार्यालयभन्दा अर्थ मन्त्रालयलाई आकर्षक ठाउँ मान्छन् ।
सरकारले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । २०७७ जेठमा अर्याललाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको थियो । स्वास्थ्यमा अब एक जना मात्र सचिव कार्यरत हुने भएका छन् । केही दिन अघि मात्र सरकारले डा.रोशन पोखरेललाई स्वास्थ्य सचिवमा पदस्थापन गरेको थियो । पोखरेल स्वास्थ्य सेवाकै हुन ।
स्रोतका अनुसार मन्त्रीपरिषद् विस्तार लगत्तै ठुलो सङ्ख्यामा उच्च कर्मचारीहरूको सरुवा गर्ने तयारी सरकारले गरेको छ । खास गरी गृहमा जान बहालवाला सचिवहरू विभिन्न माध्यम प्रयोग गर्दै लबिङ सुरु गरेका छन् ।