arrow

माघभित्र ५ करोड २२ लाख खोप ल्याउने र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने: स्वास्थ्यमन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
umesh-shrestha-state-minister-health.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले चैत मसान्तसम्म सम्पूर्ण नेपाली नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने प्रतिवद्धता जनाएका छन् ।

पदभार सम्हालेको १० औं दिनमा आगामी सय दिनको कार्ययोजना प्रस्तुत गर्दै राज्यमन्त्री श्रेष्ठले एक तिहाई नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने बताए ।

उनले भने, ‘एक तिहाई नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतिवद्धतालाई साकार बनाई नेपाली जनताको जीवन रक्षा गर्नु मेरो सर्वोच्च प्राथमिकता हुनेछ ।’

राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना’मा उनले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्। उक्त कार्ययोजनामा आगामी माघभित्र ५ करोड २२ लाख खोप प्राप्त हुने उल्लेख छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ