arrow

असोजसम्म २ करोड डाेज खोपकाे टुंगो: स्वास्थ्य मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
health_ministry_1617956882.JPG

काठमाडौं । असोज मसान्तसम्म कोरोना भाइरसविरुद्धको २ करोड डोज खोप भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्म खोपको २ करोड मात्रा सुनिश्चित भएको बताएका हुन् ।

हालसम्म नेपालमा कोभिड१९ विरुद्धको ९७ लाख ८२ हजार डोज खोप भित्रिसकेको छ । असोजमा थप १ करोड २ लाख डोज खोप उपलब्ध हुने राज्यमन्त्री श्रेष्ठले बताएका हुन् ।

थप आउनेमा जापानबाट अनुदान स्वरूप आउने एस्ट्राजेनेकाको १६ लाख डोज, चीनले अनुदान दिने भेरोसेल १६ लाख डोज, चीनबाट खरिद हुने भेरोसेल ६० लाख र भारतबाट आउने कोभिसिल्ड १० लाख गरी असोज अन्तिमसम्म  थप १ करोड २ लाख डोज खोप भित्रिने भएको हो ।

यस्तै पुस र माघसम्ममा पनि खरिद र अनुदान गरी फाइजर, मोर्डनालगायतको ३ करोड २३ लाख डोज खोप भित्रिने मन्त्रालयले जनाएको छ ।

यस अनुसार माघदेखि फागुनसम्ममा ५ करोड २२ लाख ८२ हजार डोज खोप भित्रिसक्ने अनुमान मन्त्रालयले गरेको छ ।

यस्ताे छ खाेप भित्रिने विवरण:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ