arrow

कुन प्रदेशमा कति जनाले लगाए काेराेना विरुद्धको खाेप ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
Infograph-vaccine-corona.jpg

काठमाडौं। देशभर कोरोना भाइरसविरुद्धको ५८ लाख भन्दा बढी मात्रा खोप सञ्चालनमा आइसकेको छ । यसमध्ये ४० लाख ६४ हजार २ सय ८८ जनाले एक मात्रा र १८ लाख १३ हजार ४ सय ७१ जनाले पूर्ण खोप लगाइ सकेका छन् ।

हाल देशभर कोरोना भाइरसविरुद्धको भेराे सेल र जे एन्ड जे खोप सञ्चालनमा रहेको छ । यसमध्ये भेराेसेलकाे खोप दुई मात्रा लगाउनु पर्छ भने, जे एन्ड जेकाे एक मात्रा नै पूर्ण खोप हाे ।

कुन प्रदेशमा कतिले लगाए खोप ?

सबैभन्दा बढी बाग्मती प्रदेशमा १४ लाख ८६ हजार १ सय ९७ जनाले एक मात्रा र ८ लाख ७१ हजार ७ सय ४२ जनाले पूर्ण खोप लगाइ सकेका छन् ।

यस्तै दोस्रो नम्बरमा लुम्बिनी प्रदेमा ६ लाख ३८ हजार १ सय ४६ जनाले एक मात्रा र ३ लाख १३ हजार ४ सय ३१ जनाले पूर्ण खोप लगाएका छन् ।

तेस्रो नम्बर प्रदेश नम्बर १ मा ५ लाख ६१ हजार २ सय २६ जनाले एक मात्रा खोप लगाएका छन् । यस्तै १ लाख १७ हजार २० जनाले पूर्ण खोप लगाएका छन् ।

चौथो नम्बरमा गण्डकी प्रदेशमा ४ लाख २५ हजार ५ सय ३१ जनाले एक मात्रा र १ लाख ६३ हजार ४९ जनाले दुवै डोज खोप लगाएका छन् ।

यस्तै पाँचौँ नम्बरमा प्रदेश नम्बर २ मा ३ लाख ९७ हजार २ सय ८७ जनाले एक मात्रा र २ लाख १० हजार ७ सय १४ जनाले पूर्ण खोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ३ लाख ५९ हजार ७ सय ७० जनाले एक मात्रा र ७५ हजार ६ सय १४ जनाले पूर्ण खोप लगाएका छन् ।

कर्णाली प्रदेशमा १ लाख ९५ हजार ५ सय ९१ जनाले एक मात्रा र ६१ हजार ९ सय १ जनाले पूर्ण खोप लगाएका छन् ।

हालसम्म नेपालमा कोभिड१९ विरुद्धको काेभिसिल्ड, भेराेसेल र जे एन्ड जे गरी ९७ लाख ८२ हजार डोज खोप भित्रिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ