arrow

कोरोना अपडेट : ३ हजारभन्दा बढी संक्रमित थपिए, करिब १९ सय निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २५  जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै हालसम्म पिसिआर विधिबाट ६ लाख ९९  हजार ६ सय ४९ जनामा र एन्टिजेन विधिबाट ६२ हजार ७ सय ८३ जनामा कोरोना भायरसको संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख  ५८ हजार १ सय २२  पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  ९ हजार ८ सय ९८  पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ११ जनाको नमुना परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ ।

हाल ६ सय ९० जनाको आईसीयु र १ सय ७५ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

हालसम्म ४१ लाख ६३ हजार २ सय ५१ जनाले कोरोना भाइरसविरुद्धको खोपको एक मात्रा र २० लाख २ सय ११ जनाले पूर्ण खोप लगाइ सकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ