arrow

चीनमा एमबिबिएस पढेका विद्यार्थीको भविष्यमाथि खेलवाड, व्यापाक आन्दोलन गर्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
mbbs-student-china.jpg

काठमाडौं । चीनमा अध्ययन गरेका चिकित्सा क्षेत्रका विद्यार्थीहरुमाथि दुवै पक्षबाट खेलवाड भएको छ । नेपाली पक्षले ध्यान नदिँदा र चिनियाँ पक्षले लापरवाही गर्दा उनीहरुको भविष्यमाथि नै अन्योलता सिर्जना भएको हो ।

खासगरी चीनमा एमबिबिएस पढेका सन् २०१५ र २०१६ को ब्याचका विद्यार्थीहरुले नेपालमा इन्टर्नसिप गर्न नपाउँदा उनीहरु संकटमा परेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण उनीहरु चीन जान पाएका छैनन् । तर, उनीहरुले सन् २०२१ अर्थात यसै वर्षको मे र जुलाईसम्मा अन्तिम परीक्षा समेत सकिसकेका छन् ।

चीन जान नपाउँने भएपछि नेपालमै ईन्टर्नसिपको व्यवस्था गर्न विद्यार्थीहरुले माग गरेका थिए । तर, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले भने अप्रिलसम्म फाइनल परीक्षा सकेकाले मात्रै ईन्टर्नसिप गर्नपाउँने भन्दै सुचना जारी गरेपछि अधिकांस विद्यार्थी ईन्टर्नसिप गर्न नपाउँने अवस्थामा पुगेका छन् ।

किनकी बढी जस्तो विद्यार्थीहरुले मेदेखि जुलाई पढाइ सक्काएका छन् । यसको विरोध स्वरुप आफुहरुलाई देशको जुनसुकै कुनामा पनि ईन्टर्नसिपको व्यवस्था गर्न भन्दै स्वास्थ्य तथा शिक्षा मन्त्रालय, चिकित्सा सेवा आयोग र नेपाल मेडिकल काउन्सिलसमक्ष विद्यर्थाीहरुले हारगुहार गरेका छन् । 

तर कसैले उनीहरुमाथि ध्यान नदिँदा विद्यार्थीहरुले सोमबार एक विज्ञप्ती जारी गर्दै मंगलबारदेखि आफुहरुले धर्नासहित विरोध गर्ने चेतावनी दिएका छन् । कसै पक्षले पनि आफ्नो बिषयमाथि ध्यान नदिँदा आफुहरु आन्दोलनमा जान बाध्य भएको उनीहरुले बताएका छन् ।

आन्दोलनबाट उत्पन्न हुने सबै खाले असहज परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिल हुने भन्दै विद्यार्थीहरुले कडा चेतावनी समेत दिएका छन् ।

यस्तो छ विज्ञप्ती:

हामी नेपाली विद्यार्थीहरू (शैक्षिक सत्र २०१५ र २०१६) मित्र राष्ट्र चीन सरकारको छात्रवृत्ति र आफ्नै लगानीमा दुबै मुलुकले निर्धारण गरेको मापदण्ड अनुसार चीनका विभिन्न विश्‍वविद्यालयहरूमा चिकित्सा शास्‍त्र (MBBS)अध्ययनरत रही पठनपाठन सम्पन्न गरेका हौं।

हामीले अधिकांश सैद्धान्तिक विषयहरू (Theoritical) चिनमा भएको बखत नै आ-आफ्नो विश्वविद्यालयमा पुरा गरेको अवस्थामा कोभिड-१९ को महामारी सुरु भएको थियो र त्यसकारण चिन सरकारले हामी विद्यार्थीहरूलाई आ-आफ्नो देश फर्किन आदेश दिएको थियो। पछि प्रयोगात्मक विषयका लागि बोलाइने आशामा हामी नेपालबाट अनलाइन माध्यमबाट अन्तिम वर्षको सैद्धान्तिक विषयहरू पढ्दै गयौं।

यसका साथसाथै COVID-19 को प्रभाव बढ्दै जाँदा हामीले चीनका विभिन्न विश्‍वविद्यालय जहाँ सैद्धान्तिक विषय अध्ययन गरेका थियौं तत्-तत् ठाउँमा गई Internship गर्नुपर्ने अवस्था विद्यमान थियो तर उपरोक्त र विशेष कारणले हामी नेपाली विद्यार्थीहरू चीन फर्कने अवस्था निर्माण हुन सकेन र चीन सरकारले COVID-19 कै कारण देखाएर चीन जाने अनुमति नदिएको कारणले गर्दा हामी चीनमा अध्ययरत सम्पूर्ण चिकित्साशास्‍त्र (MBBS) का विद्यार्थीहरू Internshipगर्नबाट बञ्‍चित भएका छौं। यता कोभिड-१९ को बढ्दो महामारीका बीच हामीलाई सम्बन्धित विश्‍वविद्यालय र चिन सरकारले मिलेसम्म आफ्नै देशमा Internshipगर्न सुझाव दिएको छ।

हामीसँगै पठनपाठन गर्ने अन्य देशका विदेशी सहपाठीहरूले आ-आफ्नै देशमा नै Internshipगरिरहेका छन्। हामीले यता Internshipगर्न नपाउँदा बिचल्लीको अवस्थाभएको छ। यता आफ्नो देशमा प्रयोगात्मक अध्ययन गर्न नपाउने र उता पढिआएको विश्‍वविद्यालयलेCOVIDको कारणले नबोलाउने भएर हाम्रो शैक्षिक भविष्य माथि नै खेलबाड भइरहेको हामीले ठानिरहेका छौं।

यसै बिच केही नेपाली विद्यार्थीहरूको अनुरोधमा २०७८ असार २३ गते चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले April, 2020सम्म Final Exam सकिएको विद्यार्थीहरूको हकमा Internship गर्न दिने व्यवस्था मिलाइएको छ। हामी अधिकांश नेपाली विद्यार्थीहरू (MBBS) 2020 May देखि2021 July सम्म सम्पूर्ण पठनपाठन सकिसकेको उक्त निर्णयमा नसमेटिएका र Internship गर्ने अवसरबाट पूर्णतया वञ्‍चित भएको हुँदा, हामी विद्यार्थीहरू हाम्रो भविष्य के हुने हो भन्नेमा अत्यन्त चिन्तित तथा संवेदनशील बनेका छौं र स्वभाविक पनि हो।

हामी सम्पूर्ण विद्यार्थीहरूले अहिलेको विशेष परिस्थितिमा आफ्नै देशभित्र Internshipगर्ने व्यवस्था यथाशीघ्र मिलाई हाम्रो भविष्य सम्मुज्वल र सुमधुर बनाउनका लागि हामीले नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका कार्यालयमा पटक-पटक लिखित निवेदन तथा मौखिक कुराकानी गरिरहेको अवस्थामा अहिलेसम्म हाम्रो मागलाई नजरअन्दाज गर्दै आइरहेको हामीले महसुस गरेका छौं।

सरोकारवाला निकाय नेपाल सरकार चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले हामी विद्यार्थीहरूलाई आन्दोलनमा जान वाध्य पारिरहेको अवस्था उत्पन्न भएको छ र हामी विद्यार्थीहरूका लागि अब आन्दोलनको विकल्प पनि छैन। यस आन्दोलनबाट उत्पन्न हुने सबै खाले असहज परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिल हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं।

चीनमाMBBS अध्ययन गर्ने२०१५ र २०१६ का Internship Batchका सम्पूर्ण विद्यार्थीहरू।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ