- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । बैङ्किङ कसुर मुद्दामा फरार रहेका पोखरा-६ का खेमराज पौडेल पक्राउ परेका छन् । गत वैशाख १५ गते उच्च अदालत हेटौैंडाले पौडेललाई सात दिन कैद सजाय र १७ लाख ८४ हजार २५० रुपैयाँ जरीवाना तोकेको थियो ।
उनी त्यसबेलादेखि हालसम्म फरार थिए । पौडेललाई साउन १६ गते उनको पोखरा ६ स्थित घरबाटै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
उनलाई कास्की जिल्ला अदालतमा पेश गरिएको डिएसपी हमालले बताए ।