arrow

टोकियो ओलम्पिक: पदक तालिकामा चीनको फराकिलो अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
Tokyo-olympic-2020.jpg

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन २९ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनलाई अमेरिका र जापानले पच्छ्याइरहेका छन्।

अहिलेसम्म चीनले कुल ६२ पदक हासिल गरेको छ। उसले १७ रजत र १६ कांस्य पदक जितिसकेको छ। दोस्रो स्थानमा रहो अमेरिकाको २२ स्वर्ण रहेको छ। उसले २५ रजत र १७ कांस्य हात पारेको छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले १७ स्वर्ण ६ रजत र १० कांस्य जितेको छ।

चौथो स्थानमा रहेको अस्ट्रेलियाको १४ स्वर्ण, ४ रजत र १५ कांस्य पदक रहेको छ भने पाँचौं स्थानमा रहेको आरओसीको १२ स्वर्ण २१ रजत र १७ कांस्य रहेको छ। त्यसैगरि बेलायत ११ स्वर्ण १२-१२ रजत-कांस्यसहित छैटौँ स्थानमा रहेको छ।

फ्रान्स, जर्मनी र दक्षिण कोरिया ६-६ स्वर्ण सहित क्रमश सातौं, आठौं र नवौं स्थानमा रहेका छन्। पाँच स्वर्ण सहित नेदरल्याण्ड्स १०औं स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ