arrow

प्रधानमन्त्री देउवाले रोके डा. जागेश्वर गाैतमको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
dr jageshwor gautam.PNG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख डा. जागेश्वर गौतमको सरुवा स्थगीत गरेका छन् ।

केही दिनअघि स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिएको थियो । सोमबार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमसहित चार जनाको सरुवा गरिएको थियो ।

यद्यपि, प्रधानमन्त्री देउवाले डा. गौतमसहित चारै जनाको जिम्मेवारी हेरफेर गर्ने निर्णयलाई स्थगित गरेका हुन् ।

मन्त्रालयको प्रमुख जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैंसँग राखेका थिए । सोही अनुसार प्रधानमन्त्री देउवाले उक्त निर्णयलाई रोकेका हुन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. डौतमसहित चारै जनाको सरुवा रोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ