- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८३ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख २ हजार ९७ जनामा र एन्टिजेन विधिबाट ६३ हजार ७ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ९ सय २२ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ७ सय १८ जनाको नमुना परीक्षण गरिएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ हजार ५९ रहेको छ ।
हाल ६ सय ८६ जनाको आईसीयु र १ सय ६२ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।
हालसम्म ४२ लाख ५४ हजार २ ५ सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोपको एक मात्रा र २० लाख हजार ७ सय ३ जनाले पूर्ण खोप लगाइ सकेका छन् ।