arrow

क्रियाशील सदस्यता विवादमा पौडेल समूहको मत : विवादित स्थानमा पुरानालाई मात्रै मानौँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
Ramchandra-Poudel.jpg

काठमाडौँ । नेपाली काँग्रेस भित्रको रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता विवादबारे आफू पक्षका नेताहरूसँग छलफल गरेको छ ।  ठमेलस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा भएको पौडेल पक्षीय नेताहरूको छलफलमा विवाद देखिएका स्थानमा पुराना सदस्यतालाई आधार मानेर अघि बढ्ने विषयमा छलफल भएको हो । 

‘जहाँ विवाद छन् ती स्थानमा नयाँलाई छाडेर पुरानालाई मात्रै सहभागी गराएर भए पनि तत्काल अधिवेशनमा जानु पर्छ भन्ने धेरैको धारणा रह्यो, निष्कर्ष पनि यही हो,’ छलफलपछि नेता अर्जुननरसिंह केसीले भने ।  उनका अनुसार विवादित स्थानमा १३औँ महाधिवेशनका क्रियाशील सदस्यहरूबाट नै अधिवेशन गर्न सकिने बैठकको निष्कर्ष छ । 

पौडेल समूहले नयाँ सदस्यता वितरणका नाममा तल्लो तहबाट सिफारिस नभई आएका सदस्यतामा धेरै विवाद देखिएको भन्दै त्यसरी प्रक्रिया बिना नै आएका सदस्यतालाई नस्विकार्ने निर्णय गरेको हो । 

बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री सिंह, नेताहरू केसी, रामशरण महत डा.मिनेन्द्र रिजाललगायत सहभागी थिए । 

काँग्रेस क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार देशभरका १२१ वटा वडाको सदस्यता विवाद पछि स्थगित गरिसकिएको छ भने बारा र सप्तरी जिल्लामा विवाद भएपछि ती दुई जिल्लाका नयाँ सदस्यता शीर्ष तहको जिम्मामा छाडिएको छ ।
 
यस्तै सर्लाही, धनुषा, रसुवा र सिन्धुपाल्चोकका केही निर्वाचन क्षेत्रका नयाँ सदस्यतामा पनि विवाद देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ