arrow

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
deuba-cabinet1-2078-03-29.jpg

काठमाडौँ । सरकारले देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ ।  

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज विघटन गर्ने निर्णय गरेको कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

यस्तै सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । यसै गरी सदस्यहरूमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको छ । 

यस्तै सरकारले १६ वैशाखबाट जारी निषेधाज्ञाको कारण व्यक्तिगत घटना दर्ता विलम्ब शुल्क छुट दिने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ