arrow

सरकारको न्यूनतम साझा कार्यक्रम टुङ्ग्याउन कार्यदलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
satta-karadal7.jpg
फाइल तस्विर।

काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम टुङ्गो लगाउन सत्तारूढ गठबन्धन कार्यदलको बैठक बुधवार बस्दै छ।सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने बारे बैठक बस्ने बताइएको छ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन मङ्गलवार दोस्रो पटक भएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक कार्यक्रमलाई अन्तिम रूप दिन बुधवार पुनः  बस्नेगरी सकिएको थियो । 

पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ । 

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै  मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ ।

२९ असारमा देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरुबीचको सहमतिबाट सरकारका काम कारबाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्सीय कार्यदल बनाइएको थियो ।

सो कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो । कार्यदलले मस्यौदामा छुटेका विषयलाईसमेत समावेश गर्ने गरी छलफल गरिरहेको छ । यसपछि तयार न्यूनतम साझा कार्यक्रम शीर्ष तहमा बुझाइने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ