arrow

टोकियो ओलम्पिक: चीनको अग्रता फराकिलो हुने क्रम जारी, अमेरिका पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
Tokyo-olympic-2020.jpg

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३२ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्।

अहिलेसम्म चीनले कुल ६९ पदक हासिल गरेको छ। उसले २१ रजत र १६ कांस्य पदक जितिसकेको छ। दोस्रो स्थानमा रहो अमेरिकाको २४ स्वर्ण रहेको छ। उसले २८ रजत र २१ कांस्य हात पारेको छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले १९ स्वर्ण ६ रजत र ११ कांस्य जितेको छ।

चौथो स्थानमा रहेको अस्ट्रेलियाको १४ स्वर्ण, ४ रजत र १६ कांस्य पदक रहेको छ भने पाँचौं स्थानमा रहेको आरओसीको १३ स्वर्ण २१ रजत र १८ कांस्य रहेको छ। त्यसैगरि बेलायत १३ स्वर्ण, १७ रजत र १३ कांस्यसहित छैटौँ स्थानमा रहेको छ।

सातौं स्थानमा जर्मनी ८ स्वर्ण ८ रजत र १४ कांस्य सहित रहेको छ। फ्रान्स, नेदरल्याण्ड्स र दक्षिण कोरिया ६-६ स्वर्ण सहित क्रमश आठौं, नवौं र दशौं स्थानमा रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ