- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्ड लगाएपछि कोरोना हुने सम्भावना केबल ७ प्रतिशतमात्र हुने बताएको छ । एस्ट्राजेकेकाको कोभिशिल्ड खोप लगाएपछि कोरोना हुने सम्भावना केबल सात प्रतिशतमात्र हुने बताइएको हो ।
सशस्त्र बलका १५ लाख ९० हजार भन्दा बढी हेल्थ केयर वर्कर्स र फ्रन्टलाइन वर्कर्समाथि भएको अध्ययनपछि कोभिशिल्डका दुवै खोप लगाएपछि कोरोनाको इन्फेक्सन ९३ प्रतिशत कम भएको पाइएको हो । यो भारतको सबैभन्दा ठूलो अध्ययन हो ।
भारतमा अहिले खोपपछि पनि कोरोना हुने दर करिब १.६ प्रतिशत रहेको छ । यसको मतलब पूर्ण खोप लगाएका हजारमध्ये १६ जनामा फेरि कोरोना हुने सम्भावना रहन्छ । यो अध्ययन चन्डीगढ पीजीआईले गरेको हो ।
यो रिपोर्ट द न्यू इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको हो । आम्र्ड फोर्सेज मेडिकल कलेजको यो अध्ययन विश्वकै सबैभन्दा ठूलो अध्ययन भएको दाबी गरिएको छ ।
यस्तै खोपको एक डोज कोरोना विरुद्ध ८२ प्रतिशतसम्म प्रभावित भएको दाबी गरिएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले तमिलनाडुको पुलिस विभाग, आइसीएमआर–नेशनल इन्स्टिच्युट अफ एपिडेमियोलोजी र क्रिष्टियन मेडिकल कलेज भेल्लोरले गरेको एक अध्ययनको नतिजाका बारेमा बताइएको थियो कि एक डोज खोपको प्रभाव ८२ प्रतिशतसम्म हुन्छ ।
महाराष्ट्रको अस्पतालमा भर्ना भएका कोरोना संक्रमित भने ८७ं५ प्रतिशत खोप नलगाएका भएको पनि बताइएको छ ।
खोप लगाएको दुई हप्तापछि पूर्णरुपले भ्याक्सिनेटेड मानिन्छ । (एजेन्सीको सहयोगमा)