arrow

कोभिड विरुद्ध सचेतना सहित प्रहरी सडकमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
police-syangja.JPG

स्याङ्जा । कोरोना सङ्क्रमण (कोभिड १९) को तेस्रो भेरियन्ट आउन सक्ने भन्दै प्रहरी सडकमा निस्केर सचेतना अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कोरोना सङ्क्रमणबाट बच्ने उपायबारे सचेतना दिन तपाईँको मास्क खोइ ? भन्ने कार्यक्रम अभियान सुरु गरेको हो । 

प्रहरीले स्याङ्जा सदरमुकाम पुतली बजारमा घरदैलो सहित विभिन्न कोरोना सम्बन्धी जानकारी मूलक पर्चा, पम्पलेट सहित माईकिङ् गर्दै रोगबाट सुरक्षित हुन आग्रह गरेको छ । मास्क नलगाई हिँड्ने पैदल यात्रु सहित सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई मास्क सहित अबका दिनमा असुरक्षित यात्रा नगर्न सुझाव दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पदमबहादुर थापाले बताए । 

प्रहरीले स्याङ्जा सदरमुकाम मात्रै नभएर वालिङ, चापाकोट लगायतका बजार क्षेत्रमा पनि सचेतना फैलाएको प्रहरी निरीक्षक थापाले बताए । यो अभियानलाई जिल्लाभर लैजाने तयारीका साथ अगाडी बढिएको थापाले बताए । पहिलो र दोस्रो कोरोना भेरियन्टमा अत्यन्तै जोखिम मोलेको स्याङ्जालाई बेलैमा सचेतना मार्फत नागरिकको स्वास्थ्य सुरक्षाबाट सुरक्षित राख्न प्रहरीले अभियान थालेको जनाएको छ । 

बुधवार गरिएको सचेतना कार्यक्रममा सदरमुकाममा शहिद चोक, ट्राफिक चोक, अभियान पथ, ग्यालेक्सी चोक सहित बजारका मुख्य क्षेत्रमा जानकारी मूलक अभियान चलाएको थियो ।

 प्रहरी निरीक्षक अर्जुन विकको कमान्डमा १६ जना प्रहरी कर्मचारीलाई खटाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । यो रोगको महामारी सबै नागरिकको साथ र सहयोग आवश्यक छ प्रहरी प्रमुख बोगटीले भने,‘प्रहरी हरेक विपद्मा साथमा रहे पनि रोगसँग भने सबै सचेत हुनुपर्छ ।’ सामान्य स्वास्थ्य मापदण्ड भए पनि अपनाउनु होला भन्ने नागरिक सन्देश दिन खोजेको हो उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ