arrow

जसपा विवादबारेको मुद्धामा सर्वोच्चले विपक्षीलाई बोलायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
jasapa-rajpa-thakur-yadav.jpg

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीलाई बोलाएको छ । 

बुधवार जसपाको ठाकुर पक्षको रिटमाथि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

आदेशमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित अन्य विपक्षीहरूलाई लिखित जवाफसहित उपस्थित हुन भनिएको छ । ठाकुर समूहले भने यादवसहित निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर मुद्धा दायर गरेका थिए । दुवै पक्ष उपस्थित भएपछि अन्तरिम आदेशका बारेमा निर्णय हुने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चमा निर्वाचन आयोगले हेड काउन्ट गर्ने विषय र यादव पक्षलाई आधिकारिकता दिएपछि गरी दुई मुद्दा ठाकुर पक्षबाट परेको थियो । आयोगले आधिकारिकताको टुङ्गो लगाएपछि दायर रिटमा आयोगको निर्णय खारेजीको माग गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ