arrow

कपोकल्पित र भ्रामक समाचारप्रति सेञ्चुरी कमर्सियल बैङ्कको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
century-bank.gif

काठमाण्डौ । केहि सञ्चारमाध्यमहरूमा सेञ्चुरी कमर्सियल बैङ्कका विषयमा प्रेषित समाचारप्रति बैङ्कको गम्भीर ध्यानाकर्षण भएको बुधवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ। बैङ्कसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध भ्रामक र कपोलकल्पित समाचार आएको प्रति बैङ्कले खेद व्यक्त गरेको छ।

बैङ्कले जारी गरेको विज्ञप्तिमा भनेको छ -'यस सेञ्चुरी कमर्सियल बैङ्क र बैङ्कका अध्यक्ष श्री राजेशकुमार श्रेष्ठज्यू, सञ्चालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन सञ्चार माध्यमहरूमा समाचार प्रेषित भएको प्रति बैङ्कको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैङ्क खेद व्यक्त गर्न चाहन्छ ।'

बैङ्कका बारेमा समाचार प्रेषित गर्दा बैङ्कबारेमा उठेका प्रश्नहरू बारे बैङ्कसँग नबुझी एकतर्फी रूपमा समाचार प्रेषित गरेको प्रति बैङ्कको ध्यानाकर्षण भएको जनाएको छ। 

‘यस बैङ्कले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एन्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नुपर्ने रकमका सम्बन्धमा बैङ्क र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पहलमा समाधान गरिने व्यवस्थाबमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारबाही अघि बढिरहेको र छिट्टै यस मुद्दाको फैसला आउनेमा बैङ्क विश्वस्त समेत रहेको जानकारी गराउन चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ। 

अदालतमा विचाराधीन मुद्दामा अदालती कारबाहीलाई प्रभावित पार्ने गरी प्रेषित अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनीय  र कानुन सङ्गत नरहेको बैङ्कले जनाएको छ। 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ