arrow

विश्वभरका एनआरएनएमा धमाधम निर्वाचन: ६० देशमा निर्वाचन, ४२ देशमा निर्विरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
nrna-final.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तगर्तका राष्ट्रिय समन्वय परिषद्को विश्वका विभिन्न देशहरुमा धमाधम नयाँ नेतृत्य चयन भइरहेका छन् ।

महासचिब डा.हेम राज शर्माले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार हालसम्म ६० वटामा आगामी २०२१-२३ कार्यकालको लागि  निर्वाचन सम्पन्न भइसकेको छ ।

निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचन भएको छ । ११ वटा राष्ट्रिय समन्वय परिषद्मा  अननलाइनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको महासचिब डा.शर्माले जनाएका छन् ।

निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्य समिति गठन भएका छन् भने विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी छ ।

हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् छन् । तीमध्ये विभिन्न कारणबस २० वटा राष्ट्रिय समन्वय परिषदहरु लामो समयदेखि निष्क्रिय छन् ।

राष्ट्रिय समन्वय परिषद् यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । त्यसलाई छिटै समाधान गरेर निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको डा.शर्माले जानकारी दिए ।

यूएई बाहेक राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलमा केही क्षेत्रमा स्थगित भएका बाहेकका अन्य स्थानमा निर्वाचन ८ अगष्टमा र  राष्ट्रिय समन्वय परिषद् स्लोभानियाको निर्वाचन १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको छ ।

आगामी २०२१-२३ को कार्यकालको लागि विश्वका विभिन्न मुलुकमा रहेको एक लाख भन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिइसकेका छन् । आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद्ले यही १५ अगष्टभित्र प्रतिनिधिहरुको नामावली संघको विधानमा व्यवस्था भए बमोजिम पठाउनु पर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ