arrow

विश्वभर फेरि बढ्यो कोरोना संक्रमण, एसियामा मृत्यु हुनेको संख्या समेत बढ्यो- डब्लुएचओ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
corona-variant.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को रिपोर्टले विश्वभर कोरोना भाइरसको संक्रमण बढेको देखाएको छ । गत सात दिनमा मात्रै विश्वभर कोभिड१९का ४० लाखभन्दा बढी संक्रमित थपिएका छन् ।

खासगरी मध्यपूर्व र एसियामा संक्रमण झनै बढ्दा विश्वभरको संक्रमण दर बढेको हो । बुधबार सार्वजनीक डब्लुएचओ सातागत तथ्यांकले एक महिनाभन्दा बढी समययता संक्रमण बढेको देखाएको छ ।

विश्वभरको तुलनामा मृत्यु दर ८ प्रतिशतले घटेको देखिए पनि मध्यपूर्व र एसियामा झण्डै एक तिहाइले मृत्युदर बढेको छ । सबैभन्दा बढी संक्रमण अमेरिका, भारत, इन्डोनेसिया, ब्राजिललगायत १३० भन्दा बढी देशमा रहेको छ ।

सबैजसो मूलुकहरुमा अहिले डेल्टा भेरिअन्ट नै प्रमुख रुपमा फैलिरहेको रिपोर्टले जनाएको छ । डेल्टा भेरिअन्ट सुरुवाती कोरोना भाइरसभन्दा झनै बढी संक्रामक र प्राणघातक रहेको अनुमान गरिएको छ ।

बेलायतमा अहिले लकडाउन खुकुलो भएको छ । तर, यसले अर्काे लहर ल्याउने चिन्ता बढेको छ । नेपाललगायतका एसियाली मूलुकहरुमा भने संक्रमण बढ्दो अवस्थामा छ ।



नयाँ