arrow

गरिब देशमा एक डोज छैन्, तेस्रो डोज लगाउन थाले धनी मुलुक, डब्लुएचओले भन्यो 'केही पर्खनुहोस्'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
corona-vaccine-covid.jpg

काठमाडौँ। यति बेला विश्व कोभिड१९को विकराल अवस्थामा छ । खास गरी गरिब मुलुकहरूमा खोपको अभाव छ भने तीनै मुलुकहरूमा सङ्क्रमण दर र मृत्यु दर बढ्दो छ ।

इजरेल, जर्मनी र अमेरिकालगायतका देशले कोभिड१९विरुद्धको तेस्रो डोज खोप लगाउने तयारी गरेका छन् । तर, दजर्नाैं देशहरूले एक डोज खोप समेत लगाउन सकेका छैनन् ।

धनी मुलुकहरू भने बुस्टर सुट अर्थात् प्रतिरक्षा घट्यो बढाउन खोप लाउनुपर्याे  भन्दै तेस्रो डोज लगाउन सुरु गर्ने तयारीमा छन् ।

यसबीच विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले बुसर्ट सुट लगाउन कम्तीमा सेप्टेम्बरको अन्तसम्म कुर्न आग्रह गरेको छ । त्यतिन्जेल गरिब मुलुकका कम्तीमा १० प्रतिशत नागरिकलाई भए पनि खोप पुग्ने भन्दै डब्लुएचओले तेस्रो डोज लगाउन केही समय पर्खन आग्रह गरेको हो ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बुधबार पत्रकार सम्मेलनमा यस्तो भनेका हुन् ।  यद्यपि, अमेरिकाले भने डब्लुएचओको आग्रहलाई अस्वीकार गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले अमेरिकाले झन्डै ११ करोड खोप वितरण समेत गरेको भन्दै गरिब देशलाई खोपको व्यवस्था र तेस्रो डोज खोप लगाउने कार्यक्रम सँगसँगै गर्न सकिने बताएकी छन् ।

विश्वभर कोभिड१९बाट २० करोडभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने, ४२ लाखभन्दा बढीले ज्यान गुमाइसकेको छन् । खोप आइसके पनि आधाभन्दा बढी खोप १० देखि १५ ओटा धनी मुलुकहरूमै लागेको छ । यसो हुँदा गरिब मुलुकका नागरिकहरूले ज्यान गुमाउने र सङ्क्रमण फैलाउने जोखिम उच्च बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ