गरिब देशमा एक डोज छैन्, तेस्रो डोज लगाउन थाले धनी मुलुक, डब्लुएचओले भन्यो 'केही पर्खनुहोस्'
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
566
Shares
काठमाडौँ। यति बेला विश्व कोभिड१९को विकराल अवस्थामा छ । खास गरी गरिब मुलुकहरूमा खोपको अभाव छ भने तीनै मुलुकहरूमा सङ्क्रमण दर र मृत्यु दर बढ्दो छ ।
इजरेल, जर्मनी र अमेरिकालगायतका देशले कोभिड१९विरुद्धको तेस्रो डोज खोप लगाउने तयारी गरेका छन् । तर, दजर्नाैं देशहरूले एक डोज खोप समेत लगाउन सकेका छैनन् ।
धनी मुलुकहरू भने बुस्टर सुट अर्थात् प्रतिरक्षा घट्यो बढाउन खोप लाउनुपर्याे भन्दै तेस्रो डोज लगाउन सुरु गर्ने तयारीमा छन् ।
यसबीच विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले बुसर्ट सुट लगाउन कम्तीमा सेप्टेम्बरको अन्तसम्म कुर्न आग्रह गरेको छ । त्यतिन्जेल गरिब मुलुकका कम्तीमा १० प्रतिशत नागरिकलाई भए पनि खोप पुग्ने भन्दै डब्लुएचओले तेस्रो डोज लगाउन केही समय पर्खन आग्रह गरेको हो ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बुधबार पत्रकार सम्मेलनमा यस्तो भनेका हुन् । यद्यपि, अमेरिकाले भने डब्लुएचओको आग्रहलाई अस्वीकार गरेको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले अमेरिकाले झन्डै ११ करोड खोप वितरण समेत गरेको भन्दै गरिब देशलाई खोपको व्यवस्था र तेस्रो डोज खोप लगाउने कार्यक्रम सँगसँगै गर्न सकिने बताएकी छन् ।
विश्वभर कोभिड१९बाट २० करोडभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने, ४२ लाखभन्दा बढीले ज्यान गुमाइसकेको छन् । खोप आइसके पनि आधाभन्दा बढी खोप १० देखि १५ ओटा धनी मुलुकहरूमै लागेको छ । यसो हुँदा गरिब मुलुकका नागरिकहरूले ज्यान गुमाउने र सङ्क्रमण फैलाउने जोखिम उच्च बनेको छ ।