arrow

'१७ दिनसम्म टेलिकमको वास्ता नगरी चिर निद्रामा नेपाल टेलिकमका प्रबन्धक'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
nepal telecom.jpg

काठमाडौं । सरकारी स्वामित्वको देशकै ठुलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा निरन्तर १७ दिनसम्म कर्मचारीहरूले आन्दोलन जारी राखेका छन् ।

कर्मचारी विनियमावली संशोधनको माग गर्दै कर्मचारीहरूले धर्नासहित विरोध आन्दोलन १६ दिनदेखि गर्दै आएका थिए । आज विरोध एवं धर्ना कार्यक्रमको १७ औँ दिन हो ।

यति हुँदासम्म टेलिकमका प्रबन्ध निर्देशक भने वास्ता नगरी बसेको भन्दै एक कर्मचारीले गुनासो पोखेका छन् । ,१७ दिनसम्म टेलिकमको वास्ता नगरी चिर निन्द्रामा छन्, आफ्नो स्वार्थमा संस्था सिद्ध्याइरहेको स्पष्ट छ', उनले आक्रोश पोख्दै भने ।

टेलिकममा तल्लो तहका कर्मचारीहरूको वृत्ति विकास रोकिने गरी माथिल्लो तहका कर्मचारी तल्लो तहमा आएर काम गर्न सक्ने व्यवस्था गरिएको भन्दै कर्मचारीहरूले विरोध गर्दै आइरहेका छन् । तर, वि नियमावली संशोधन गर्नेबारे सम्झौता भइसक्दा पनि कार्यान्वयन नहुँदा कर्मचारीहरू आन्दोलित बनेका हुन् ।

यसमा टेलिकमका प्रबन्धककै निजी स्वार्थ रहेको कर्मचारीहरूको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ