arrow

कफी, चिया र दूधमाथिको अनुसन्धान

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ साउन २२ शुक्रबार
tea-coffe-milk.jpg

चिया, कफी एवं दूध संसारभरिका लाखौँ मानिसहरूले दैनिक पिउने गर्दछन् । चिया एवं कफी प्रत्यक्ष रूपमा पिउने फेशन भैसकेको छ । यसलाई सामाजिक जीवनको उच्चतम शिष्टाचारको आदर्शको रूपमा मान्न सकिन्छ । पाहुनाको लागि एक गिलास कफी अथवा चिया बनाउनु एउटा सर्वमान्य सामाजिक प्रथा हो । पछिल्लो केही दशकहरूमा प्राय: यी दुवैलाई तनावबाट मुक्ति तथा सकारात्मक मनोदशासँग जोडेर हेर्ने एउटा परम्परा जस्तै बनेको छ ।

ऊर्जाको अनुभव गर्न अथवा आराम अनुभव गर्न इच्छा अनुसार चिया अथवा कफी पिउँछौँ तर हामी यो तथ्यसँग अनभिज्ञ छौँ जसद्वारा हामीमाथि हानिकारक प्रभावहरू पर्दछन् । केही व्यक्तिहरूलाई त यसको लत लाग्दछन् । चिया तथा कफीमा अनेक प्रकारका विषालु तत्त्वहरू हुन्छन्, अर्कोतर्फ लोकल गाईको दूध पिउनाले हामीलाई शारीरिक, मनोवैज्ञानिक तथा आध्यात्मिक लाभहरू प्राप्त हुन्छन् ।

 बायो फिडब्याक उपकरणद्वारा गरिएको विश्लेषण
यदि कसैसँग औसत भन्दा अधिक छैटौँ इन्द्रिय क्षमता छ भने, त्यो व्यक्तिले सहजतासँग आध्यात्मिक स्पन्दनहरूलाई अनुभव गर्न सक्छ । उसले कुन पदार्थ आध्यात्मिक रूपले उपयुक्त छ अथवा छैन यसको निर्णय गरेर जीवनमा आध्यात्मिक दृष्टिले उचित छनौटहरू गर्न सक्छन् ।

आरएफआई (रेजोनेंट फिल्ड इमेजिंग) र पीआईपी (पोलीकोन्ट्रास्ट इंटरफेरेंस फोटोग्राफी-बायो इमेंजिंग समान उपकरण) जस्ता केही प्रकारका बायो फिडब्याक उपकरणहरूले चारैतर्फको स्पन्दनहरू ग्रहण गरेर त्यसलाई दृश्यको रूपमा देखाउन सक्दछ । यसले सामान्य व्यक्तिलाई आफ्नो आँखाले वस्तुको चारैतर्फको आभा (प्रभा मण्डल) अथवा ऊर्जा क्षेत्र देख्न सहयोग गर्दछ ।

यो प्रयोगद्वारा हामीले वैज्ञानिक बायो फिडब्याक उपकरणको सहायताबाट चिया, कफी एवं दूधबाट प्रक्षेपसित हुने स्पन्दन माथि प्रकाश पारेका छौँ ।

आरएफआई (रेजोनेंट फिल्ड इमेजिंग) द्वारा प्राप्त परिणाम

  कफि चिया दूध
आर.एफ.आई. अभिलेखन ५३४.४९ मेगाहर्टज ५५८.९२ मेगाहर्टज ७१०.२३ मेगाहर्टज
आर.एफ.आई. अभिलेखको विवरण पहेंलो । यसले सकारात्मकतालाई दर्शाउँछ । पहेंलो । यसले सकारात्मकतालाई दर्शाउँछ । बैजनी । यसले स्वस्थ स्पन्दनलाई दर्शाउँछ ।


पहिला : पहिला हामीले एउटा खाली गिलासको तस्बिर लियौँ जसमा त्यस भित्र तथा चारैतर्फको प्रभा मण्डल देख्न सकिन्छ । यसमा सुन्तलाको रङले तनावको स्पन्दन,  हरियो रङले सकारात्मक ऊर्जा एवं पहेँलोमा हल्का सुनहरि रङले उच्च स्तरीय वैश्वि स्पन्दनलाई दर्साउँदछ ।

कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान
कफी : त्यसपछि हामीले गिलासमा कफी हालेर तस्बिर निकाल्यौँ । कफीको रङ्ग गहिरो नीलो देखा पर्यों । यो रङले हल्का कष्टदायी स्पन्दनहरूलाई दर्साउँदछ । कफीबाट भरिएको गिलासको छेउ तिर जुन रातोपना देखिन्छ त्यसले शक्तिलाई दर्साउँदछ । कफीले भरिएको गिलास चारैतर्फबाट नकारात्मक सुन्तला रङले घेरिएको छ । सुन्तला प्रभा मण्डलको कारण उच्च आध्यात्मिक तत्त्व दर्शाउँने पहेंलो प्रभा मण्डल माथितर्फ धकेलिदिन्छ । यो पहेंलो प्रभा मण्डलको फैलावट चिया एवं दूधको पीआईपी तस्बिरको तुलनामा कमनै हुन्छ । पहेंलो प्रभा मण्डलको केन्द्रमा देखिएको सेतो प्रभा मण्डलले केही मात्रामा शुद्धता दर्साउँदछ । यो प्रभा मण्डलको फैलावट चिया एवं दूधको तुलनामा सीमित भएको छ । हरियो प्रभा मण्डल, सुन्तला प्रभा मण्डलको कारण गिलास देखि पर हटेको छ ।

कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान

चिया : अर्को तस्बिरमा चिया (कालो चिया) को स्पन्दन दर्साएको छ । चियाले नकारात्मकता दर्साउने सुन्तला रङ्ग, शक्तिलाई दर्शाउँने रातो रङ्ग एवं सकारात्मकता दर्शाउँने हरियो रङ्ग प्रक्षेपसित गर्दछ । नकारात्मकता दर्साउने सुन्तला रङ्ग चियाको गिलास नजिक देखिन्छ तर त्यसले गिलासलाई स्पर्श गर्दैन । पहेंलो रङ्ग जसले उच्च आध्यात्मिक तत्त्वलाई दर्शाउँछ, केही हदसम्म गिलासको बाहिर देखिन्छ । यसले सुन्तला प्रभा मण्डललाई प्रतिबन्धित गर्दछ । पहेंलो प्रभा मण्डल तुलनात्मक दृष्टिबाट कफीमा भन्दा अधिक तथा दूधमा भन्दा कम हुन्छ । तुलनात्मक दृष्टिबाट सेतो रङ्गको व्यापकता कफीमा भन्दा अधिक तथा दूधमा भन्दा कम हुन्छ । हरियो प्रभा मण्डल, सुन्तला प्रभा मण्डलको कारण गिलास भन्दा पर जान्छ ।

कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान
दूध : अन्तमा हामीले दूधको तस्बिर लियौँ । पीआईपीको चित्रीकरणमा दूधको रङ्ग हरियो देखिन्छ, जसले सकारात्मकता एवं आध्यात्मिक शुद्धतालाई दर्साउँदछ । नकारात्मक सुन्तला प्रभामण्डललाई पहेँलो प्रभा मण्डले तल धकेली दिएको छ । पहेंलो प्रभा मण्डल वातावरणमा फैलिएको छ । दूधमा पहेंलो प्रभा मण्डलको व्यापकता तुलनात्मक रूपमा अधिक छ । दूधमा सेतो प्रभा मण्डलको व्यापकता तुलनात्मक रूपमा अधिक छ । आध्यात्मिक दृष्टिले शुद्ध हरियो प्रभा मण्डल देखाई दिन्छ तथा सेतो प्रभा मण्डल पनि केही हदसम्म विद्यमान छ ।

कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान

निष्कर्ष
कफीमा सात्त्विकता  धेरै कम हुन्छ अथवा हुँदैन । चिया दूधको तुलनामा कम सात्त्विक हुन्छ, तर त्यसको सात्त्विकता कफी भन्दा अधिक हुन्छ । दूधमा सात्त्विक स्पन्दन हुन्छ एवं स्वास्थ्य वर्धक हुन्छ  र चिया र कफी भन्दा दूध पिउन लाभदायक हुन्छ ।

यो अवलोकन एवं विश्लेषण वैश्विक ऊर्जाको अनुसन्धानकर्ता सन्तोष जोशीको सहायताद्वारा गरिएको हो । यो क्षेत्रमा विभिन्न अस्पष्ट घटनाहरूमा अनुसन्धान गर्नको लागि आध्यात्मिक विज्ञान अनुसन्धान संस्थान, गोवा, भारतमा सम्पर्क गर्न एस.एस,आर.एफ. वैज्ञानिक एवं विशेषज्ञसँग आग्रह गर्दछ । 

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ