arrow

पोखरास्थित गण्डकी हस्पिटलको अप्रेशन थिएटरबाट पत्रकारको मोवाइल र पर्स चोरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
pokhara-hospital6.jpg

पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी हस्पिटल)को अप्रेशन थिएटरबाट एक पत्रकारको मोवाइल फोन र पर्स चोरी भएको छ ।

पत्रकार हरि पन्तको मोवाइल फोन, केही रकम र सवारी चालक अनुमति पत्र (लाइसेन्स)सहितको पर्स चोरी भएको हो । पत्रकार पन्त आफ्नो टाउकोमा रहेको कोठीको समस्या बढ्दै गएपछि अप्रेशन गर्न शुक्रबार गण्डकी हस्पिटलको अप्रेशन थिएटरमा पुगेका थिए ।

पत्रकार पन्तका अनुसार उनी शुक्रबार साँझ करिब ५ः१५ बजे अप्रेशन थिएटरभित्र प्रवेश गरे । त्यहाँ चिकित्सकले सबै कपडा परिवर्तन गरेर गाउन लगाउन सुझाव दिए । सोही बमोजिम कपडा परिवर्तन गरि सबै कपडा आफ्नो झोलामा राखे । मोवाइल फोन पनि त्यही झोलामा कपडा संगै राखे ।

करिब आधा घण्टामा पन्तको अप्रेशन सकियो । त्यसपछि पन्त त्यहाँबाट झोलो बोकेर निस्किएर र चिकित्सकले लेखिदिएका औषधि किन्न लाग्दा मोवाइल र पर्स चोरी भएको पत्तो पाए ।

त्यसपछि उनी तुरुन्तै अप्रेशन थिएरटरमा पुगे । त्यहाँ पुगेर आफ्नो मोवाइल र पर्स खोजे, केही चिकित्सकसंग पनि सोधीखोजी गरे । केही पत्तो लागेन ।

पन्त त्यहाँबाट निस्किएर अस्पतालको गेटमा रहेको प्रहरी बिटका इन्चार्जलाई जानकारी गराए । प्रहरी इन्चार्जले यहाँ यस्ता धेरै घटना घट्ने गरेको र खोजी गरेर केही पत्ता नलाग्ने प्रतिक्रिया दिएको पन्तले बताए ।

पत्रकार पन्तले आफ्नो मोवाइल र पर्स हराउनु भन्दा पनि अस्पतालको अप्रेशन थिएटर भित्रै चोरी हुनु गम्भीर विषय भएको बताए । यस विषयमा अस्पतालका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले आफ्नो सामानको सुरक्षा आफै गर्नुपर्ने प्रतिक्रिया दिए ।

डा.खत्रीले अप्रेशन थिएटरमा रहेका कर्मचारीका सामान र थिएटरकै केही समान हराउने गरेको बताए । उनले भने, अस्पतालमा चोरीका घटना नौला होइनन् । विभिन्न वार्डमा पनि चोरीका घटना भएका छन् । विरामी र कुरुवाका सामान मात्र होइन अस्पतालकै सामन पनि हराउने गरेका छन् ।’

उनले अप्रेशन थिएटरमा यस्ता घटना धेरै पटक भएको र त्यहाँ संवेदनशील क्षेत्र भएकाले सिसि क्यामेरा राख्न पनि नसकिएको बताए ।

यता, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले यस विषयमा आफूले गम्भीरतापूर्वक अनुसन्धान गर्न लगाउने बताए । उनले भने, 'गण्डकी हस्पिटलमा यस्ता धेरै घटना भएका छन्, केही व्यक्ति पक्राउ पनि परेका थिए । अझै अनुसन्धान गर्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ