arrow

काठमाडौं मेडिकल कलेजमा नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’प्रविधिबाट उपचार शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
KMCCC.jpg

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’प्रविधिबाट उपचार शुरु गरेको छ ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडका कार्यकारी अध्यक्ष डा.सुनिल कुमार शर्माले एक विज्ञप्ति सार्वजनिक गर्दै अत्याधुनिक उपकरणहरु जडान गरी नेपालमा पहिलो पटक  ‘रोवटिक सर्जरी’प्रविधि भित्र्याएको बताए ।

अस्पतालले निरन्तर रुपमा गुणस्तरीय स्वास्थ्य उपचारका साथै शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको र कलेजको व्यवस्थापन परिवर्तन भएपछि अति विशिष्ट र अत्याधुनिक सेवाहरु सबैको पहुँचमा विकास र विस्तार गर्दै आएको उल्लेख गर्दै कार्यकारी अध्यक्ष डा.शर्माले अत्याधुनिक र भरपर्दो उपचारका लागि नेपालमै पहिलो पटक केएमसीले रोवटिक सर्जरी थालेको उल्लेख गरेका छन् ।

बरिष्ठ न्यूरो सर्जन प्रा.डा.अमित थापाले रोवटीक सर्जरीको शुरु भएको हो । सुक्ष्म एवं जटिल शल्यक्रियाका लागि रोवटको सहायता भरपर्दो मानिन्छ । रोवटिक सर्जरीमा चिकित्सकले बनाएको अप्रेशन योजनामा रोवटको सहायता लिएर अप्रेशन गर्ने गरिन्छ ।

अत्याधुनिक ‘रोवटिक सर्जरी’ का लागि केएमसीले यूएसबाट करिब १० करोडको लागतमा मेसिन खरिद गरेर ल्याएको हो । न्युरो सर्जरीका लागि एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरण खरिद गरिएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.शर्माले गत भदौं महिनाबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले उपचारमा स्तरीयता बढाउँदै लगेको छ । सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी शुरु गरिएको केएमसीको दाबी छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ