arrow

पहिराबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

logo
रासस,
प्रकाशित २०७८ साउन २३ शनिबार
pahiro-tanahu.jpg
फाइल तस्बिर

दमौली। तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिराबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ। वडा नं ७ की ५० वर्षीया देवीसरा थापा र  वडा नं ८ का ४२ वर्षीय खुमबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो।

दुवै पीडित परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घ सरकारका तर्फबाट जनही रु दुई लाख र प्रदेश सरकारका तर्फबाट जनही रु ५० हजारका दरले राहत रकम प्रदान गरेका छन्। सोक्रममा मुख्यमन्त्री पोखरेलले सरकार जनताको अभिभावक भएकाले पीडामा मलम लगाउन राहत रकम प्रदान गरिएको बताए।

उनले गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिराले सडकमा पुर्‍याएको क्षतिको समेत अवलोकन गरेका छन्। बाढीपहिराले भत्किएका सडक मर्मतका लागि प्रदेश सरकारले तत्काल रु २५ लाख उपलब्ध गराएको थियो।

बाढीपहिराले सो गाउँपालिकाका थुप्रै घरमा क्षति पुगेको छ। घर क्षति भएकालाई पुनःस्थापनाका लागि प्रतिघर रु चार लाख उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ