arrow

जापान सरकारले दिएको एष्ट्राजेनिका खोप नेपाल आइपुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
khop-japan.jpg

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोज मध्ये ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।

शनिबार विहान १०ः३० मा कतार एयरवेजबाट खोप नेपाल आइपुगेको हो । खोप नेपालका लागि जापानी राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरे ।

नेपाल सरकारले आगामी असोज महिनाभित्र एक करोड बढी खोप ल्याउने तयारी स्वरुप खोप आइपुगेको हो । खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जापानसँग नेपालको सम्बन्ध पुरानो रहेको स्मरण गर्दै खोप उपलब्ध गराएकोमा धन्यवाद ब्यक्त गरे ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल लगायत युनिसेफका प्रतिनिधिको सहभागिता रहेको थियो । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ