arrow

स्याङ्जाका गुरूङ बने एनआरएनए इंग्ल्यान्ड राज्यपरिषद्‌ युकेको अध्यक्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
lbz-gurung.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्यपरिषद्‌, युकेको अध्यक्षमा लालबहादुर (एलबिजेड) गुरुङ बिजयी भएका छन् ।

गुरुङले अध्यक्षका अर्का उम्मेद्वार डा.मीन रानाभाटालाई हराएका हुन् । गुरुङले ३६३२ मत ल्याउँदा रानाभाटले ३१४१ मत मात्र ल्याए । वर्तमान कार्यसमितिमा इंग्याल्याण्ड राज्य परिषदको उपाध्यक्ष समेत रहेका गुरुङले एनआरएन युकेको युवा संयोजक लगायतका पदहरुमा लामो समयदेखि काम गरेको अनुभव छ ।

बिजयी भएलगत्तै उनले सम्पूर्ण मतदातालाई धन्यवाद दिंदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचन कसैलाई माथि चढाउने र कसैलाई तल गिराउने मानसिकताको उपज होइन, यो त लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । यही अभ्यासमा भाग लिँदा तपाइँहरुको अमूल्य मतले मलाई नेतृत्वमा पुराएको छ । यो मेरो मात्र जित होइन, लोकतन्त्र, सामूहिकता र एजेण्डामा विश्वास गर्नेहरुकै हो । म मा जितको उन्माद छैन । न त हार्ने साथीहरुमा हारको हिनतावोध हुन जरुरी छ ।’

संस्थामा जो पुगे पनि व्यक्तिगत स्वार्थका लागि नभई सामूहिक भावना र सामूहिक एजेण्डामा रहेर काम गर्नका लागि हो । त्यो सामूहिकतामा सबै जनालाई समेट्ने कोसिस गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । यस्तै उनले संस्थागत विकास, यसको मर्यादा र गरिमालाई अझै ओझपूर्ण बनाउन हरदम लागि नै रहने पनि बताएका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका अन्तर्गत कोल्मा निवासी गुरुङले पर्यटकीय कोल्मा र राईपुरको पर्यटन प्रबद्र्वनका लागि बिभिन्न कार्यक्रम समेत गर्दै आईरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ