arrow

मनाङ पुगेका पूर्वप्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री भुषालले भने : भौतिक पूर्वाधार र राहत सँगसँगै

logo
नवीन लामिछाने 
प्रकाशित २०७८ साउन २३ शनिबार
prachanda-manang.jpg

मनाङ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल हिमाली जिल्ला मनाङमा पुगेर बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षण गरेका छन् ।

असार १ गतेको बाढीपहिराले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको निरीक्षणका लागि उनीहरु मनाङ पुगेका हुन् । जिल्लाका विभिन्न स्थानमा बाढीपहिराले पुर्‍याएको क्षतिको निरीक्षण गरी सहज उपाय निर्धारण गर्ने उद्देश्यका साथ उनीहरुको टोली मनाङ पुगेको हो ।

पूर्वप्रधानमन्त्री प्रचण्ड, उर्जा मन्त्री भुसालसँगै, पूर्व श्रममन्त्री टेक बहादुर गुरुङ, उर्जा सचिव, विद्युत प्राधिकरणका प्रमुख लगायतका टोलीले मनाङको बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको निरीक्षण गरेका हुन् ।

उक्त टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चे, ताल लगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

उनका अनुसार भौतिक क्षति पुगेको संरचनाहरुको मर्मत तथा संभारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल समेत गरिएको छ ।  
विद्युत प्राधिकरण, सिञ्चाई, स्वास्थ्य, बस्तीमा पुर्नवासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गरिएको छ । हिमताल हाइड्रो कम्पनीको निरीक्षण गर्नुका साथै छिटो सेवा प्रवाह गर्ने वातावरण तयार गर्ने सम्बन्धमा छलफल भएको छ ।
निरीक्षणका क्रममा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले भौतिक पूर्वाधार अर्थात विद्युत, सडक निर्माण सँगसँगै राहतका कार्यक्रमलाई पनि सँगै अगाडी बढाउने बताइन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ