arrow

कोभिशिल्डको कालोबजारी : बरदान फर्टिलिटीले दियो यस्तो स्पष्टिकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
vardan-corona-vaccine.jpg

काठमाडौं । बरदान फर्टिलिटी सेन्टरले कोभिसिल्ड खोपको कालोबजारी भएको बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै स्पष्टिकरण दिएकाे छ ।

नेपालमा कोभिसिल्ड खोपको कालोबजारी भइरहेको पाइएपछि केही दिनअघि (साउन२०मा) हाम्रा कुराले एक रिपाेर्ट समाचार प्रकासित गरेको थियो ।

हाम्रा कुराको टिमले गरेको उक्त रिपोर्टका आधारमा बरदान फर्टिलिटी सेन्टरमा कोभिसिल्ड खोपको कालाबजारी भएको पाइएको थियो ।

हाम्रा कुरा टिमले ग्राहक बनेर फर्टिलिटी सेन्टरमा सम्पर्क गरेको थियो । साे क्रममा फर्टिलिटी सेन्टरका एक जना कर्मचारीले ३५ सय रुपैयाँ प्रति डोज लिएर लगाउने गरेको बताएका थिए ।

यद्यपि, बरदान फर्टिलिटी सेन्टर र सञ्चालक डा. सविना सिम्खडाले कालो बजारीलाई प्रोत्साहन नगरेको भन्दै शनिबार कम्पनीले स्पष्टिकरण दिएको हो ।

फर्टिलिटी सेन्टर सञ्चालक डा. सिम्खडाले शनिबार एक वक्तव्य जारी गर्दै कोभिसिल्ड खोपको कालोबजारीमा संस्थाको कसैको संलग्नता भएको पाइएमा कारबाही गर्नेसमेत उल्लेख गरिएको छ ।

यस्ताे छ बरदान फर्टिलिटी सेन्ट काे स्पष्टिकरण :



नयाँ