- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सूर्यबहादुर खड्काको मृत्यु बापत परिवारलाई एक करोड बीमाङक रकम बराबरको रकम भुक्तानी गरेको छ।
उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक कार्यक्रममाझ बीमित थापाले इच्छाइएकी उनकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गरेका हुन्।
सो कार्यक्रममा बोल्दै फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयस्रोत भएका समूहमा पहँुचका लागि कटिबद्ध रहेको जानकारी दिए।
कम्पनीको प्रदेश नं १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ असार ३१ गते जीवन बीमा गरेका बीमितको मिति २०७८ असार १५ गते उपचारका क्रममा ललितपुर भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।
बीमितलाई कोरोना भाइरसको लक्षण देखा परेपछि पहिलो पटक २०७८ जेठ २२ गते विराटरनगरस्थित नोबल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रालिमा उपचार गराइरहेकामा त्यहाँ उपचार संम्भव नभएपछि २०७८ जेठ ३० गते हेलिकप्टरबाट मेडिसिटी ल्याइएको थियो।