arrow

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी, छलफलका लागि शीर्ष नेताहरु वालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
satta-karadal7.jpg

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका नेतहरु सम्मिलित कार्यदलले तयार पारेको सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदनबारे उनीहरु छलफलमा जुटेका हुन् ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वको कार्यदलले साउन २४ गते शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको थियो । सो विषय र मन्त्रिपरिषदको पूर्णता दिनेबारे नेताहरुबीच छलफल भइरहेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।

छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् । साथै कार्य दलका नेताहरु पनि सहभागी छन् । उक्त प्रतिवेदन आज आइतबार सार्वजनिक गर्ने र मन्त्रिमण्डललाई पूर्णता दिने तयारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ